दोस्रो पुस्ताका नेताप्रति माधव नेपालको कटाक्ष
‘मलाई घचेटेर अगाडि बढ भन्नेहरु सबै खुट्टा कमाएर हिँडे’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली विरुद्धको संर्घषमा आफुलाई घचेटेर अगाडी वढ भन्ने नेताहरु नै अन्तिम संर्घषमा खुटटा कमाएर हिडेको बताएका छन् ।
नेपालले पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पहिले आफैसग रहेका तर निर्णायक वेला आफुलाई छोडेर ओलीतिर टास्सिन पुगेका दोस्रो पुस्ताका नेताप्रति इंगित गदै त्यस्तो बताएका हुन् ।
‘ओली प्रवृतिसँग जुध्नुपर्छ । यो लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ । हामीसँगै रहेका नेताहरुले भनेका थिए । उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्यौँ। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो। लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन्,’ अध्यक्ष नेपालले भने ।
केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि आफुले पार्टी पूर्नगठनको नयाँ कदम उठाएको नेपालको भनाई थियो ।
अध्यक्ष नेपालले आफु सगै रहेका माथिकाले ओलीसागै आत्मसर्मपर्ण गर्न गएपनि तलका नेता कार्यकर्ता आफुसग रहेको बताए ।
‘माथीकाले छोडे । पहिले तपाई अडानमा रहनु हुन्न यो पटक अडान छोडनु होला नी, जसरी पनि ओलीलाई सत्तावाट फाल्नै पर्छ भन्नेहरु थिए । तर माथीका ति नेताहरुले निर्णायक घडीमा छाडे के भयो र तल तलका कार्यकर्ता मेरा सहारा हुन् त्यसैले मलाई जोश बढेको छ। दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु। दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाइदिएर म बिदा हुन्छु।’
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया