मंगलबार, वैशाख १, २०८३

मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार

दुई जना पक्राउ

मेरोन्यूज २०७८ भदौ १२ गते १९:२१

काठमाडौं । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए । उनले भने, “ उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएका छौँ ।”

त्यसैगरी शारीरिक रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ । अशक्त महिलालाई रावतले डर त्रास देखाएर बलात्कार गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया