थप ५ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता टुंगियो
मेरोन्यूज
२०७८ भदौ १२ गते १९:३१
काठमाडौँ । नेपाली कांग्रेसले थप ५ जिल्लामा क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरी थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको हो ।
थप क्रियाशील सदस्यको नामावली टुंगिएको जिल्लाहरूमा नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची रहेका छन् । कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम पार्टी केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको हो ।
साथै, सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइसकिएको संयोजक महादेवप्रसाद यादवले जानकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया