एमालेको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर । नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।
नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तिब्र बनाएको छ ।
शनिबार सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखसमेतको जिम्मेवारी टुंगो गरेको हो ।
एकीकृत समाजवादी मोरङले डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यरही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको बताइएको छ ।
शुक्रबार मात्र नेकपा एकीकृत समाजवादीले विराटनगर महानगर कमिटीको भेला आयोजना गरेर समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । साथै महानगर कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । महानगर कमिटीले सबै वडाहरुमा भेला आयोजना गरी कमिटी निर्माणको कामलाई तीब्रता दिने जनाएको छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया