एनआरएनए महिला सचिवमा राधिका गुरुङ (टीका)को उम्मेदवारी घोषणा

काठमाडौं । रुपान्तरणको लागी प्रबिधि, पार्दर्शिता र समावेसी एकता, समृद्धिका लागि ज्ञान,सिप र लगानीको प्रतिवद्धता भन्ने नारा सहित अगामी अक्टोबर २३ देखी २५ तारिख हुन गइरहेको नवौं विश्व सम्मेलन तथा निर्वाचनमा आइसिसि महिला सचिब पदमा हङकङ एनसिसिका निबर्तमान अध्यक्ष राधिका गुरुङ (टीका)ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
हङकङमा सफल महिला व्यवसायीको रूपमा चिनिने गुरुङ सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छिन् । हङकङ एनआरएनए छैटौं अधिबेशन (२०१७/२०१९) र सातौ अधिबेशन (२०१९/२०२१) दुई कार्यकाल अध्यक्ष रहेकी गुरुङ हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलकका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइपरिआउने प्राकृतिक बिपद (टाईफुन) आगलागी जस्ता घटनाहरुमा आर्थिक सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागीरहने एक महिला सामाजिक अभियन्ताको रूपमा चिनिन्छन् ।
हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदबीबाट गुरुङ सम्मानित भइसकेकि छन् ।
एनआरएनएले बिश्वको विभिन्न देशहरुमा गरिरहने सम्मेलनहरुमध्य चौध बर्ष पश्चात गुरुङको कार्यकालमा एशिया प्यासिफिक (एशिया महादेश) सम्मेलन हङकङमा गर्न सफल भएको थियो ।
कोभीड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागी हङकङ एनआरएनको पहलमा विभिन्न आर्थिक संकलन गरि ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्टेटर नेपालका करिब दुई दर्जन सरकारी अस्पतालहरु र कोभीड आइसुलेसन केन्द्रलाई बितरण गरेकि छन् । हालै १७ लाख मास्क नेपालका विभिन्न अस्पतालहरु र विभिन्न सस्था र संगठनहरुलाई बितरण गरिरहेको छ ।
नेपालका विभिन्न राजनीतिक दलहरुका शिर्ष नेताहरुसग राम्रो सम्बन्ध रहेकी गुरुङले निरन्तर नागरिकता समस्या समाधान र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण र हितमा निति निर्माण र कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गर्दैआइरहेकी छन् ।
महिला सचिबमा गुरुङको उम्मेदवारी र बिजयीले बिश्वभर छरिएर रहेका महिला बर्गको मात्र नभई सिङ्गो एनआरएनए को गरिमा र उद्धेश्य प्राप्तिमा ईट्टा थपिने धेरै शुभेच्छुकहरुको आकलन रहेको छ।
प्रतिक्रिया