भारतबाट आएका २० हात्ती नफर्किँदा त्रास

काठमाडौँ । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालमा डुलिरहँदा झापामा त्रास उत्पन्न भएको छ । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौँडा हुँदै भित्रिएका हात्ती लामो समय नेपालमा बस्दै आएका छन् ।
मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गर्दछ । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको ७ वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलोपटक हो ।
हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील उनका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन् । यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे । “यसपालि एक महिना भइसक्यो, हात्तीको बथान भारततिर फर्किएको छैन,” अभियानकर्मी लुइँटेल भने, “किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ, कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।”
उनका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रे हात्ती भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई ‘मालजोरिया’ भन्ने गरिन्छ । ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् ।
हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुन सक्ने लुइँटेलको अनुमान छ । हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाका मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन् ।
ती वन क्षेत्रमा हात्तीले रुचाउने जंगली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ । नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया