कांग्रेसमा नयाँ सदस्य थपिने संख्या अधिक

काठमाडौँ । तनहुँमा नेपाली कांग्रेस नयाँ सदस्य अधिक मात्रामा थपिएका छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् ।
यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा जिल्लामा ७ हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् । नवीकरण गरेका सदस्यको संख्या ६ हजार ९३५ रहेका छन् ।
योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नयाँ सदस्य थपिएका छन् । व्यासमा सबैभन्दा बढी दुई हजार २४६ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा २४९ नयाँ सदस्य थपिएका हुन् ।
भानुमा एक हजार १४८, शुक्लागण्डकीमा एक हजार ४०, र भिमाद नगरपालिकामा ५५५, तथा देवघाटमा २५७, बन्दीपुरमा ४४२, म्याग्देमा ७४९, घिरिङमा २७५ र ऋषिङ गाउँपालिकामा ६१८ नयाँ सदस्य थपिएका छन् ।
व्यासमा दुई हजार २२४, भानुमा एक हजार १६५, शुक्लागण्डकीमा ९४९, भिमादमा ४८६, तथा देवघाटमा १५५, आँबुखैरेनीमा १६०, बन्दीपुरमा ३८९, म्याग्दे मा ६३५, घिरिङमा २०३ र ऋषिङमा ५६९ जनाले नवीकरण गराएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जीतप्रकाश आले, जिल्ला सचिव विश्व बाँस्तोला, पूर्वसचिव प्रा डा कृष्णप्रसाद गौतमलगायतको चर्चा छ । जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिका लागि आकांक्षी देखिएका छन् ।
वर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि पुनः सभापतिमा दोहोरिने चर्चा चलेको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया