शनिबार, मंसिर ६, २०८२

एमालेले निष्कासन गरेको माधव नेपालसहित १४ सांसदको पद जोगिने

मेरोन्यूज २०७८ भदौ १३ गते १७:५९

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका सांसदहरूको पद नजाने भएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै तत्कालीन पार्टीका नेता माधव कुमार नेपालसहित १४ जनालाई निष्कासनको कारबाही गरेको थियो ।

एमालेले कारबाही गरी उनीहरुलाई पद मुक्त गर्न संसद सचिवालयमा जानकारी गराएको थियो । तर, सचिवालयले अर्कै दल दर्ता गरेकाले पद नजाने निर्णय गरेको हो ।

एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको भन्दै पार्टीको ह्वीप उल्लंघन गरेकाले नेता नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरेको हो ।

प्रतिक्रिया