प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ । मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको छ ।
यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडानहरू केही विलम्ब भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान समान्य प्रभावित भएको होे । नेपालमा मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया