मन्त्रिपरिषद विस्तार नरोक्ने नेताहरूको सहमति
मेरोन्यूज
२०७८ भदौ १४ गते १२:०२

काठमाडौँ । सत्ता साझेदारी पाँच दलका नेताहरूले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन दलको बैठकमा नेताहरूले मन्त्रिपरिषद् विस्तार रोक्न नहुने बताएका हुन् ।
यद्यपि, मन्त्रालय भागबण्डाबारे छलफल नभएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रालय भागबण्डाबारे पुनः गठबन्धन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।
सम्बन्धित
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया