बाढीका कारण कार्यालय फर्कन सकेनन् कर्मचारी

काठमाडौँ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङको सडक पूर्ण रुपमा अवरुद्ध छ । बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् ।
आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा जिल्ला बाहिर गएका कर्मचारी फर्किन नसकेका हुन् । बाढीपहिराले बेँसीशहर–चामे सडक अवरुद्ध छ ।
घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीपहिरा र आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदामा गएका कर्मचारी फर्किनसकेका छैनन्, सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । केही कर्मचारी क्रियाकर्म गर्न पनि गएका छन्, मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ,’ प्रजिअ लामिछानेले भने ।
बेँसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढी पहिरोले बगाएको छ । सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नसकेको सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय मनाङका प्रमुख ढाकाराम आचार्यले बताए ।
‘घर बिदा र कामले जिल्ला बाहिर गएका मनाङका कर्मचारी बाटोका कारण फर्किन नसकेर आधा बाटोमा अलपत्र परेका छन्,’ आचार्यले भने । मनाङका कार्यालय तथा चार पालिकाका कर्मचारी कार्यालयमा फर्किन मुस्किल भएको मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा प्रमुख बाबुराम गैह्रेले बताए ।
‘कार्यालयमा आउन नसक्दा न त कार्यालयले सेवा प्रवाह गर्न सकेको छ, नत पालिकाको सेवा सहज रुपमा प्रवाह गर्न सकिएको छ, हिँडेरै आउनसमेत सक्ने अवस्था छैन,’ गैह्रेले भने । कार्यालयमा प्रमुख र कर्मचारी पुग्न नसक्दा स्थानीयवासीले सेवा उपभोग गर्न सकेका छैनन् । कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही फर्कन बाध्य भएका छन् । केही लमजुङको बेँसीशहर आएर बसे पनि माथि जान नसकेको बताएका छन् ।
जिल्लाका दैनिक कार्य हुने मालपोत, नापी, घरेलु, वन, खानेपानीलगायतका कार्यालयमा पुग्न सकेका छैनन् । त्यसैगरी जिल्लाका पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत कार्यालसम्म पुग्न सकेका छैनन् ।

















कैलाली ३ मा मतगणना सुरु
तनहुँ १ मा रास्वपाको अग्रता कायमै
गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया