वाइसिएलको नेतृत्व नटुंगिदा पार्टीको हस्तक्षेप, स्थायी समिति बैठकले टुंगो लगाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्व चयन सहमतिमा नटुंग्ग्दिा पार्टीले हस्तक्षेप गरेको छ । सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन सत्रमा आग्रह गरेका थिए ।
त्यसो गर्न नसके पार्टीले नै अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रचण्डले यस अगाडि वाइसिएलका नेताहरूलाई बताइसकेका थिए । शनिबारदेखि शुरु भई आइतबार सकिने भनिएको राष्ट्रिय भेला नेतृत्व चयनमा समस्यामा देखिदा सोमबार बिहान ११ बजेसम्मलाई भेला स्थगित गरिएको थियो ।
अध्यक्षका लागि समुन देवकोटा, सुवोध सेर्पाली र यशोदा न्यौपाने प्रतिस्पर्धामा छन् । जसमा देवकोटा र सेर्पालीमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना छ । तर, दुवैले नेतृत्वको दाबी नछोडेपछि पार्टीले हस्तक्षेप गरेर निर्णय लिन लागेको हो ।
त्यसका लागि पार्टी स्थायी कमिटी बैठक अहिले पोरिस डाँडा बसिरहेको छ । यो बैठकले वाइसिएलको अध्यक्षसहितका पदाधिकारीको टुंग्गो लगाउने र त्यसलाई राष्टि«य भेलाले अनुमोदन गरेर नेतृत्व चयन गर्ने भएको छ । प्रचार विभाग प्रमुख पुष्प वलीले सहमति नजुटेपछि पार्टीले नेतृत्व चयन गर्न लागेको बताए । ‘अहिले पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ, अब यही बैठकले पदाधिकारी चयन गरेर पठाउने भएको छ,’ वलीले मेरोन्युजसँग भने ।
त्यस्तै, महासचिवमा सहमति जुटेको छैन । महासचिवका लागि कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले दाबी गरेका छन् । यसमा पनि कसैले दाबी छाडेका छैनन् ।
सम्भवत माओवादी स्थायी समितिले अहिले उपाध्यक्ष रहेका देवकोटालाई अध्यक्ष र महासचिव रहेका सेर्पालीलाई वरिष्ठ उपाध्यक्ष बनाएर राष्ट्रिय सम्मेलनबाट सेर्पालीलाई अध्यक्ष बनाउने मोडलमा सहमति जुटाउन सक्ने पनि बताइएको छ । तर, त्यसको पनि कुनै टुंग्गो लागेको छैन ।
अबको केही घण्टामा नै माओवादी केन्द्रले वाइसिएलको नेतृत्व टुंग्गो लगाइदिने भएको छ ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया