विवेकशील साझा पार्टीमा फेरि भाँडभैलो

काठमाडौं । वैकल्पिक शक्ति निर्माणको सपना वाँडेर युवा जनमत आर्कर्षित गर्ने प्रयासमा रहेको विवेकशील साझा पार्टीमा फेरि भााडभैलो निम्तेको छ । स्थापनाको छोटो समयमा नै एकीकृत हुनेदेखि फेरि टुटने र फेरि जुटने श्रृखलानै चलेको विवेकशील साझा पार्टीमा फेरि फुट्ने श्रृंखलाको लागि आन्तरिक शक्ति संर्घष चर्किएको छ ।
खसगरी विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा प्राप्त उपलब्धीका विरुद्धमा रहने गरी संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहित राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि उक्त पार्टीमा गम्भिर मतभेद उत्पन्न भएको छ । त्यसपछि संयोजक पाण्डे सहितका ४ नेताले मिश्रको वाटो उल्टो भएको भन्दै असहमतिमा अर्को प्रतिवेदन वहसका लागि सार्वजनिक गरेका थिए ।
अध्यक्ष र संयोजककै फरक फरक धारणा सहितको प्रतिवेदन आएपछि विवेकशील साझा पार्टी एकताको वलियो जग नवन्दै पून विभाजनतिर उन्मुख भएको विश्लेषण गर्न थालिएको थियो ।
मिश्रले पार्टीभित्र कुनै छलफल नै नगरी वहसका लागि भन्दै परिवर्तनले प्राप्त गरेको उपलब्धीको खिलाफ हुने गरी प्रतिवेदन सार्वजनिक गरेपछि विवेकशील साझा पार्टीमा भाडँभैले निम्तेको थियो ।
यो विषयले अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेबीचमा असमझदारी वढेको छ । पाण्डे परिवर्तनलाई सस्थागत गदै जानुपर्ने पक्षमा छन् । यो विषयमा देखिएको विवादको निरुपण नहुँदै पार्टीमा प्रर्याप्त छलफल विनै अध्यउक्ष रवीन्द्र मिश्रले फेरि पार्टीको केन्द्य्रीय कमिटिको बैठक बोलाएका छन् । मिश्रले सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै बैठक बोलाएका हुन् । उनले बैठक भने बिहीबारका लागि बोलाएका छन् ।
तर यसरी बैठक बोलाउन कुनै समझदारी गदै नगरी एकपक्षिय बैठक बोलाएको भन्दै संयोजक पाण्डे नेतृत्वको समुहको भने गम्भिर असहमति छ । पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका छन् ।
पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो ।
एक पक्षले पार्टीमा सहमति नजुटाउदै बैठक बोलाउने र अर्को पक्ष बैठक रोक्ने योजनामा यतिवेला जुटेका छन् । यसले यो पार्टीभित्र थप समस्या निम्ताएको छ । यसले अन्तत विवेकशील साझालाई फुटको दिशातिर उन्मुख गराएको वताउन थालिएको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया