बिहीबार, वैशाख १०, २०८३

गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्ने

मेरोन्यूज २०७८ भदौ १४ गते १९:३०

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय मंगलबारदेखि खुल्ने भएका छन् ।

Advertisement
NiccNicc

नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकता लागु गर्दै विद्यालय जनाएको छ ।

सुरक्षाको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै कक्षा संचालन गर्ने नगरपालिकाले गरेको छ ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप–सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भदौ १५ गते मंगलबारदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन आग्रह गरिएको छ ।

विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया