नेपालसँग मैत्रिपूर्ण खेलका लागि भारतीय टोली नेपाल आईपुग्यो

काठमाडौँ । आयोजक नेपालसँग दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली नेपाल आईपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रिपूर्ण खेल खेल्नका लागि सोमबार नेपाल आईपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे । विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपालसँगको मैत्रिपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई सातमात्र अभ्यास गरेर टोली नेपाली टोलीसँगको मैत्रिपूर्ण खेल्न नेपाल आएको बताए ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्विकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।
भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । सोही प्रतियोगिताका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो र भारतसँगको दुई मैत्रिपूर्ण खेलपछि नेपाल थप अभ्यासका लागि कतार जाने तालिका रहेको छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया