बिहीबार, चैत १९, २०८२

वाईसीएलको नेतृत्व टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई

मेरोन्यूज २०७८ भदौ १४ गते १९:५७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मेवारी स्थायी कमिटीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको वाईसीएलको भेला अगाडि प्रचण्डले वाईसीएल पदाधिकारीसँग छलफल गरेर नेतृत्व टुंग्याउने गरेर स्थायी कमिटी बैठकले प्रचण्डलाई जिम्मा दिएको हो ।

गण्डकी र कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यको नाम आउन बाँकी रहेकाले भोलिसम्मका लागि वाईसीएलको बन्द सत्र स्थगित गरिएको भनिएपनि नेतृत्व विवादका कारण नै भेला तोकिएको समयभन्दा दुई दिन लम्बिने भएको हो ।

तर, आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले सुबोधराज सेर्पालीलाई नै वाईसीएल अध्यक्ष बनाउने विषयमा आवाज उठेको एक सदस्यले भने । अध्यक्षका लागि वाईसीएल महासचिव रहेका सुबोधराज सेर्पाली र उपाध्यक्ष सुमन देवकोटा ‘अब्दुल’ बीच तीब्र प्रतिष्पर्धा चलिरहेको छ ।

संगठनको प्राविधिक पक्षलाई मिलाउनै पर्ने अवस्थामा बाहेक अहिलेका महासचिव सुवोधको विकल्प खोज्ने विषय स्थायी कमिटी बैठकमा छलफलको विषय बनेन् । तर, यो भेला भएकाले छिट्टै सम्मेलन गर्नुपर्ने गरेर जानुपर्छ की भन्ने झिनो छलफल भने भयो । यद्यपी संगठनलाई चलायमान बनाएर माओवादी केन्द्रलाई स्पात बनाउन पनि नेतृत्व कसलाई दिने भन्ने विषयमा गहन छलफल पश्चात अध्यक्षले बैठकको मर्म अनुसार नै नेतृत्वको टुंगो लगाउनु होलाु, एक स्थायी कमिटी सदस्यले भने ।

पदाधिकारीदेखि केन्द्रीय कमिटीसमम बलियो पकड बनाएका सेर्पाली पक्षधरहरु नेतृत्वमा सहमति जुट्न नसक्दा निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने आवाज उठाउन थालेका छन् ।

प्रतिक्रिया