२० तले घरमा आगोलागी, फसेका ७० परिवारलाई डेढ घण्टामा उद्धार
मेरोन्यूज
२०७८ भदौ १५ गते १२:३४

काठमाडौँ । इटलीको मिलान शहरमा आइतबार दुई सय फिट अग्लो २० तले घरमा आगोलागी हुँदा ठूलो हताहत भएको छ । आगोलागी भएसँगै घरमा फसेका ७० परिवारलाई दमकलले सुरक्षित उद्धार गरेका थिए ।
आगो निभाउन १५ दमकलले कार्यरत भएका थिए । उनीहरूले डेढ घण्टामा पूरै घरको आगो निभाएका थिए ।
आगोमा फसेका २१ जना धुँवाका कारण विरामी भएका थिए । उनीहरूको उपचार जारी रहेको समाचारमा जनाइएको छ । साथै उनीहरूको अवस्था सामान्य रहेको छ ।
इटालीका गृह मन्त्रालयका अधिकारी कारलो सिबियाले आगो कसरी लागेको भन्ने विषयमा अनुसन्धान सुरू भएको बताएका छन् । घरमा आगो तीव्र गतिमा फैलनुको कारण थर्मल कभर भएको जनाइएको छ । एजेन्सी
सम्बन्धित









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया