२० तले घरमा आगोलागी, फसेका ७० परिवारलाई डेढ घण्टामा उद्धार
मेरोन्यूज
२०७८ भदौ १५ गते १२:३४

काठमाडौँ । इटलीको मिलान शहरमा आइतबार दुई सय फिट अग्लो २० तले घरमा आगोलागी हुँदा ठूलो हताहत भएको छ । आगोलागी भएसँगै घरमा फसेका ७० परिवारलाई दमकलले सुरक्षित उद्धार गरेका थिए ।
आगो निभाउन १५ दमकलले कार्यरत भएका थिए । उनीहरूले डेढ घण्टामा पूरै घरको आगो निभाएका थिए ।
आगोमा फसेका २१ जना धुँवाका कारण विरामी भएका थिए । उनीहरूको उपचार जारी रहेको समाचारमा जनाइएको छ । साथै उनीहरूको अवस्था सामान्य रहेको छ ।
इटालीका गृह मन्त्रालयका अधिकारी कारलो सिबियाले आगो कसरी लागेको भन्ने विषयमा अनुसन्धान सुरू भएको बताएका छन् । घरमा आगो तीव्र गतिमा फैलनुको कारण थर्मल कभर भएको जनाइएको छ । एजेन्सी
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया