जनप्रतिनिधिलाई कामको मूल्यांकन गरी पठाउन एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफू नेतृत्वमा रहेका सबै स्थानीय तहका जनप्रतिनिधिको कामको समीक्षा गर्ने भएको छ । पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै सबै स्थानीय तहको जनप्रतिनिधिको समीक्षा गर्ने जनाएको हो ।
‘जनताको पक्षमा कति काम गर्न सक्यौँ ? जनताको विश्वास जित्न सक्यौँ वा सकेनौँ ? पालिकाहरूमा जनताको पक्षमा सुशासन मात्र जित्न सक्यौँ वा सकेनौँ,’ पत्रमा भनिएको छ, ‘यसको मूल्यांकन आगामी निर्वाचनमा हुने छ, जहाँ हामीले आंशिक मात्र जित्न सक्यौँ वा पराजय भोग्यौँ त्यस्ता पालिकाहरूमा हाम्रो पार्टीमार्फत खबरदारी गर्ने वा पार्टीको पहलमा पनि जनताका कामहरू गर्ने सवालमा हाम्रो भूमिका के रह्यो ? यसको आधारमा पनि आगामी निर्वाचनमा हाम्रो मूल्यांकन हुने छ ।’
यस्तै, एमालले गत निर्वाचनमा ४५ प्रतिशत ठाउँमा एक्लै विजय हासिल गरेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा सबैले जनताको पक्षमा काम गर्नु पर्ने निर्देशन दिएको छ ।
पार्टीले सबै जिल्ला कमिटीहरूले पार्टीको सर्कुलरलाई आत्मसाथ गर्दै पालिकाका निर्वाचित पदाधिकारी र पालिकाका पार्टी प्रमुखले संयुक्त रुपमा स्थानीय तहमा भएका काम कारबाहीको मूल्यांकन गरी केन्द्रीय विभागमा पठाउन निर्देशन गरेको छ ।

















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया