जनप्रतिनिधिलाई कामको मूल्यांकन गरी पठाउन एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफू नेतृत्वमा रहेका सबै स्थानीय तहका जनप्रतिनिधिको कामको समीक्षा गर्ने भएको छ । पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै सबै स्थानीय तहको जनप्रतिनिधिको समीक्षा गर्ने जनाएको हो ।
‘जनताको पक्षमा कति काम गर्न सक्यौँ ? जनताको विश्वास जित्न सक्यौँ वा सकेनौँ ? पालिकाहरूमा जनताको पक्षमा सुशासन मात्र जित्न सक्यौँ वा सकेनौँ,’ पत्रमा भनिएको छ, ‘यसको मूल्यांकन आगामी निर्वाचनमा हुने छ, जहाँ हामीले आंशिक मात्र जित्न सक्यौँ वा पराजय भोग्यौँ त्यस्ता पालिकाहरूमा हाम्रो पार्टीमार्फत खबरदारी गर्ने वा पार्टीको पहलमा पनि जनताका कामहरू गर्ने सवालमा हाम्रो भूमिका के रह्यो ? यसको आधारमा पनि आगामी निर्वाचनमा हाम्रो मूल्यांकन हुने छ ।’
यस्तै, एमालले गत निर्वाचनमा ४५ प्रतिशत ठाउँमा एक्लै विजय हासिल गरेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा सबैले जनताको पक्षमा काम गर्नु पर्ने निर्देशन दिएको छ ।
पार्टीले सबै जिल्ला कमिटीहरूले पार्टीको सर्कुलरलाई आत्मसाथ गर्दै पालिकाका निर्वाचित पदाधिकारी र पालिकाका पार्टी प्रमुखले संयुक्त रुपमा स्थानीय तहमा भएका काम कारबाहीको मूल्यांकन गरी केन्द्रीय विभागमा पठाउन निर्देशन गरेको छ ।












कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया