मुख्यमन्त्री बनेको दुई हप्तामै अष्टलक्ष्मी शाक्य धरापमा

काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित १२ सांसदले नेकपा एकीकृत समाजवादी (एस)मा जाने भएसँगै अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । गत २ गते मुख्यमन्त्री बनेकी शाक्यको पद दुई हप्ता नहुँदै धरापमा परेको हो ।
कूल १०९ सदस्यीय भएको बागमती प्रदेशसभामा एमालेका तर्फबाट सभामुखसहित ५६ जना सांसद रहेका थिए । १२ जना सांसदले एमाले छाड्ने भएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने भएको छ ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिँदै शाक्यलाई प्रदेश संसदीय दलको नेता बनाएका थिए । लगत्तै प्रदेश प्रमुख विष्णु प्रसाईले उनलाई एमालेको एकल बहुमतमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश जारी गरेसँगै विभाजन भएको एमालेका १२ सांसदले नेकपा एस रोजेका थिए । योसँगै एमाले सांसदको संख्या ४४ मात्रै भएको छ ।
प्रदेशमा सरकार गठन गर्न ५५ सांसद आवश्यक हुनु पर्दछ ।
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया