बाग्मतीको प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ ।
नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले मंगलबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको स्पष्ट गरेका थिए ।
१२ जना प्रदेशसभा सांसदहरुले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै सो पार्टीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको प्रतिक्रिया दिएका छन् ।
आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्ने जनाएको छ ।
भदौ २३ गतेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए । १२ जनाको सनाखत भएको र अरु साथीहरु पनि थप हुने भन्दै पाण्डेले त्यसपछि आफ्नो दलको तर्फबाट संसद सचिवालयमा पेश गर्ने बताए ।
त्यो पेश गरेको दिनदेखि नै अहिलेको सरकार अल्पमतमा परेको उनको भनाइ थियो । अबको सरकार आफ्नो नेतृत्वमा बन्ने पनि नेता पार्टीको भनाइ छ । आफू नै सबै दलको सहमतिको क्यान्डिडेट रहेको समेत नेता पाण्डेले दाबी गरेका छन् ।

















Bangladesh’s newly elected MPs take oath
Forest fire prevention campaigns initiated in Bhojpur
गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
९५५ केजी गाँजासहित दुई जना पक्राउ
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया