महाकाली तुइन घटनामा एसएसबीको संलग्नता : छानबिन समिति

काठमाडौँ । दार्चुलाको महाकाली नदीमा भएको घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरिएको छ । दर्चुलाको व्याँस गाउँपालिका २ का जयसिंह धामी महाकालीमा तुइन तरेर भारतबाट सदरमुककाम खलंगा आउने क्रममा तुइनबाट खसेर महाकाली नदीमा बेपता भएका थिए ।
उक्त घटनाको छानबिन गर्न गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर गरेको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउदै समितिलले धामी तुइन तर्ने क्रममा भारतीय एसएसबी तुइन काटेको बताएको छ ।
समितिले एसएसबीको संगलनता सम्बन्धमा छानबिन गरी दोषिलाई कारबाही गर्न र धामीका परिवारलाई क्षतिपूर्ति दिन प्रतिवेदनमा उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मनत्रालयले विज्ञप्ती जारी गरेर प्रतिवेदनमा परिवारलाई सरकारका तर्फबाट शिक्षादीक्षाको व्यवस्थापन गर्न उल्लेख गरेको जनाएको छ ।
दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय धामी १५ साउनमा बेपत्ता भएका थिए । उक्त घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति बनाइएको थियो ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया