निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै एमाले
मेरोन्यूज
२०७८ भदौ १६ गते १३:१४

काठमाडौँ । निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमालेले मुद्दा दर्ता गर्ने भएको छ । दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको भन्दै एमाले अदालत जाने भएको हो ।
केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भएको हो । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पद मुक्त गर्ने निर्णय गरेको थियो ।
पार्टीले कारबाही गरेका १४ सहित ३० सांसदहरूले नयाँ दल दर्ता गर्दै सनाखत गर्न बोलाएको भन्दै एमालेले आयोगविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो । आयोगले भदौ ९ गते बुधबार एमालेबाट विभाजित भई बनेको पार्टी नेकपा एकीकृत समाजवादीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।
सम्बन्धित















हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया