एमाले कर्णाली प्रदेशका ३ सांसद नेकपा एसमा
मेरोन्यूज
२०७८ भदौ १६ गते १३:२४

काठमाडौँ । कर्णाली प्रदेश एमालेका ३ जना सांसदले पार्टी परित्याग गरी नवगठित नेकपा एकीकृत समाजवादी (एस) रोजेका छन् । एमाले छाड्नेहरूमा चन्द्रबहादुर शाही, पदम रोकाय र देवी ओली रहेका छन् ।
उनीहरूले आज सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराउने भएका हुन् । कर्णाली प्रदेशसभामा एमालेबाट २० सांसद रहेका थिए ।
यसअघि नै पार्टीले प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई कारबाही गरी पद मुक्त बनाएका थिए । उनीहरू फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्र नेतृत्व सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए ।
सभामुखसहित १६ सांसद रहेको एमालेबाट ३ जना नेकपा एस रोजेसँगै एमालेमा सभामुखसहित १३ सांसद रहेका छन् ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया