एमालेका १३ जिल्ला अध्यक्षको साथ माधव नेपाललाई, ३ अझै तटस्थ (सूचीसहित)

काठमाडौं । नेकपा एमाले विभाजन भएपछि देशभर माधव नेपालको नेतृतवमा गठन भएको नेकपा एकीकृत समाजवादीमा कति नेता लाग्छन् ? भन्ने लेखाजोखा भईरहेको छ । एमाले अध्यक्ष केपी ओलीले जनप्रतिनिधीहरुलाई एमाले नछोडन र सरकारले आफनो पार्टी विभाजनका लागि ल्याएको अध्यादेशको विरोध गर्न आन्तरिक पार्टी निर्देशिका नै जारी गरेर अपिल गरिसकेका छन् ।
त्यस्तै उनले पार्टी २०७५ जेठ २ मा फर्किसकेको र माओवादी केन्द्रसागको एकता अगाडीको परिस्थितीबाट एमाले अव अगाडी वढ्ने सन्देश पनि नेता कार्यकर्तामा दिईसकेका छन् । नेपाललाई उनकै समुहका रहेका दोस्रो तहका मुकुन्द्य न्यौपाने र वेदुराम भुषाल वाहेकका सवै नेताले साथ छोडेको परिस्थितीमा नेपालसाग एमालेका कति जिल्ला अध्यक्षले साथ देलान् भन्न्े पनि लेखाजोखाको विषय हो ।
एमालेमा ७७ जिल्लामध्ये नेपालको पक्षमा झण्डै ४० जिल्ल अध्यक्ष निर्वाचित थिए । त्यसवीचमा केहीले वीचमै छोडेर ओलीतिर खुलिसकेका थिए । त्यसमध्ये पनि ३७ जिल्ला अध्यक्ष माधव नेपाल समुहका नेता थिए ।
तर माधव नेपालले पार्टी विभाजन गर्ने र नेपाल समुहमै रहेका भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त लगायतका नेताले नेपाललाई साथ नदिएपछि उनका झण्डै २१ जिल्ल अध्यक्षले पनि माधव नेपालको साथ छोडेका छन् ।
अहिलेसम्म माधव नेपालको नयाँ पार्टीलाई १३ जिल्ला अध्यक्षले साथ दिएका छन् । ३ जिल्ला अध्यक्ष अझै पनि खुलेका छैनन । उनीहरु ऋझै पनि तटस्थकै नीतिमा छन् ।
माधव नेपाललाई यी जिल्ला अध्यक्षले दिए साथ
१) संखुवासभा – हेमराज घिमिरे
२) सिराहा – प्रमोद यादव
३) सप्तरी – गोविन्द न्यौपाने
४) रौतहट – कमल राय यादव
५) काभ्रेपलाञ्चोक – टोकवहादुर वाइवा
६) मकवानपुर – मनु सिग्देल
७) बाँके – अशोक कोइराला
८) रोल्पा– हरि घर्ती
९) रुकुमा पश्चिम – विमल पुन
१०) कैलालाी – दीर्घ सोडारी
११) कञचनपुर – तारा लामा तामाङ
१२) बझाङ – दिलवहादुर सिंह
१३) अछाम – शेरवहादुर कुवर
अझै टतस्थ
१) दाङ – टिकाराम खडका तटस्थ
२) डडेलधुरा – तारा जोशी
३) बारा – सुन्दर विश्वकर्मा

















टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
टी-२० विश्वकपमा भएका रोचक समीकरण,अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया