एमसीसी उपाध्यक्ष सुमार नेपाल आउँदै
मेरोन्यूज
२०७८ भदौ १६ गते १५:०१

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउन लागेकी छन् । नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी अर्को साता नेपाल आउन लागेकी हुन् ।
उनले नेपाल भ्रमणमा रहँदा एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने जनाइउको छ । उनले एमसीसी परियोजनाको वार्षिक कार्यान्वयनको अवस्थाबारे बुझ्ने बताइएकोछ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग यसबारे छलफल गर्ने बताइउको छ ।
सम्बन्धित
प्रतिक्रिया