प्रदेश २ का १० जसपा सांसद लोसपामा, भोलि पनि सनाखत हुने

काठमाडौँ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का १० जना प्रदेशसभा सदस्यहरूले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले सनाखत गरेका हुन् ।
सनाखत गर्ने प्रदेश सांसदहरूमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह रहेका छन् । थप केही प्रदेश सांसदहरूले भोलि सनाखत गर्ने भएका छन् ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी बनेको जसपामा कूल ५५ प्रदेशसभा सदस्य रहेका थिए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएसँगै नेकपा एमाले र जपसा विभाजन भएको हो । दल विभाजन भएसँगै प्रदेशसभा सदस्य र जनप्रतिनिधिहरूले आगामी भदौ २२ गतेसम्म दल रोज्न पाउने आयोगले जनाएको छ ।










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया