सुवेदी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकाे कानुनी सल्लाहकारमा नियुक्त

लण्डन । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानुनी सल्लाहकारमा नियुक्त गरेको छ ।
सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् ।
यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११ सम्म बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयबाट विद्याविरिधि गरेका सुवेदीले बेलायतमा परराष्ट्रमन्त्रीका सल्लाहकार र कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरीसकेका छन् ।
बेलायती महारानीबाट ओबिई प्राप्त गर्नुभएका सुवेदी अन्तर्राष्ट्रिय कानुनका विज्ञका रुपमा बेलायतमा परिचित छन् । वातावरणका १५ वटा विविध क्षेत्रमा काम गरिरहेको यस संस्थाको नेपालमा समेत कार्यालय रहेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया