बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ ।
यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उनको भनाइ छ ।
क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको तयारी नपुग्ने देखिएपछि मिति सारिएको हो ।
“मतदान अधिकृत तोक्ने, अभिमुखीकरण गर्नेलगायतका काम गर्न समय अपुग हुने भएपछि वडा अधिवेशन सार्नुपरेको हो”, सभापति थापाले भने ।
अधिकांश जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक भइसक्दा तीन दिनपछि मात्र यहाँको सूची आएको थियो । वडादेखि केन्द्रसम्मको नेतृत्व छान्ने गरी हुन लागेको महाधिवेशनले कांग्रेस वृत्त गर्माएको छ । नेताहरु कार्यकर्ताको मत लिएर नेतृत्वमा पुग्ने दाउमा छन् । कार्यकर्ता सबल नेता चुनिनुपर्ने बताइरहेका छन् ।
वडा तहका अधिवेशनमा भरसक सहमतिबाटै नेतृत्व छनोटको पहल हुने जिल्ला सभापति थापाले बताए । “सहमति हुन नसक्दा त लोकतान्त्रिक विधि छँदै छ, त्यही अनुसार हुन्छ”, उनले भने । वडाबाट निर्वाचित हुने प्रतिनिधिले स्थानीय तह, प्रदेश/संघ निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।
वडा अधिवेशनपछि यही भदौ २७ गते गाउँ÷नगर, प्रदेश निर्वाचन क्षेत्रको असोज १ गते, संघीय निर्वाचन क्षेत्रको ५ गते, जिल्ला अधिवेशन १० गते, प्रदेशको कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया