बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ ।
यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उनको भनाइ छ ।
क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको तयारी नपुग्ने देखिएपछि मिति सारिएको हो ।
“मतदान अधिकृत तोक्ने, अभिमुखीकरण गर्नेलगायतका काम गर्न समय अपुग हुने भएपछि वडा अधिवेशन सार्नुपरेको हो”, सभापति थापाले भने ।
अधिकांश जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक भइसक्दा तीन दिनपछि मात्र यहाँको सूची आएको थियो । वडादेखि केन्द्रसम्मको नेतृत्व छान्ने गरी हुन लागेको महाधिवेशनले कांग्रेस वृत्त गर्माएको छ । नेताहरु कार्यकर्ताको मत लिएर नेतृत्वमा पुग्ने दाउमा छन् । कार्यकर्ता सबल नेता चुनिनुपर्ने बताइरहेका छन् ।
वडा तहका अधिवेशनमा भरसक सहमतिबाटै नेतृत्व छनोटको पहल हुने जिल्ला सभापति थापाले बताए । “सहमति हुन नसक्दा त लोकतान्त्रिक विधि छँदै छ, त्यही अनुसार हुन्छ”, उनले भने । वडाबाट निर्वाचित हुने प्रतिनिधिले स्थानीय तह, प्रदेश/संघ निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।
वडा अधिवेशनपछि यही भदौ २७ गते गाउँ÷नगर, प्रदेश निर्वाचन क्षेत्रको असोज १ गते, संघीय निर्वाचन क्षेत्रको ५ गते, जिल्ला अधिवेशन १० गते, प्रदेशको कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया