खुला आकाशमुनि सुत्केरी हुँदा …

सप्तरी । भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् ।
पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०/३२ वर्षीया ती महिला प्रसव पीडाले चित्कार गरिरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भने,“नवजात शिशु चिच्याइरहेको आवाज आयो । बाहिर निक्लिएँ । शिशु एकातिर ,महिला अर्कोतिर रहेछन् । तत्काल सहयोगका लागि सबैसँग आग्रह गरेँ । ”
यसैगरी बेनिराम ठाकुर मन्दिरका पुजारी शिवनाथ ठाकुरलाई पनि शिशुको आवाजले तान्यो । उनले भने,“ शिशु भुइँमा र महिला एक छेउमा काँपिरहेकी थिइन् । एकोहोरो रोएको शिशुलाई ध्यान दिन आग्रह गरेँ ।” उनका अनुसार शिशुको सालनाल बाँकी थियो ।
स्थानीयवासी कौशल्यादेवी साहलले तत्काल शिशु र सुत्केरीलाई सहयोग गरिन् । ती सुत्केरी विवाहिता हुन् वा अविवाहिता, कसैलाई थाहा छैन ।
ती महिला यसअघि शम्भुनाथमा नदेखिएकोे व्यवसायी सम्पत मण्डलले बताए । गर्भावस्था र प्रसूति अवस्था आफैँमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।
नर्स सुनिता यादवका अनुसार शिशु जन्माइसकेपछि महिलामा मानसिक समस्या देखिन्छ । ती सुत्केरी पहिलेदेखि मानसिकरूपमा अस्वस्थ रहेको बताइएको छ । समाजसेवी जिबु सदाले भनिन्, “ एक दिन अगाडिसम्म महिला ट्राफिक चोकका माग्दै हिँडेकी थिइन् । ” उनका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक छैन ।
गर्भावस्थामा पूर्वपश्चिम राजमार्गस्थित कल्याणपुर, बिसनपुर चोकमा भौँतारिएर हिँडेको देखिएको अनबर अलीले जानकारी दिए ।
रातका समयमा कष्टप्रद रुपमा सुत्केरी भएकी तिनलाई प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याउने व्यवस्था मिलाएका थिए । मानव सेवा आश्रमलगायत संस्थाले सडक आश्रितलाई उद्धार जारी राखेका छन् । अहिले पनि दैनिक नयाँनयाँ मानसिक रोगी तथा सडक बालबालिका र महिला सडकमा आउने क्रम रोकिएको छैन । अधिकांश मानसिक समस्या भएका महिला सडकमै सुत्केरी हुने बताइएको छ । स्थानीय तहले सडक आश्रितको तथ्यांक संकलन र चासो नराखेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।
अहिले पनि मानसिक सन्तुलन गुमाएर सडक किनार, चोक र पसलपसल चहार्नेको संख्या जिल्लामा ६० भन्दा बढी रहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जानकारी दिए । रासस











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया