२ हजार ४ सय कोरोना संक्रमित थपिए, थप १६ जनाको ज्यान गयो
मेरोन्यूज
२०७८ भदौ १७ गते १६:५४

काठमाडौं । देशभर २ हजार ४ जनामा कोरोना सङ्क्रमण थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित छन्। यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन्।
कोरोना संक्रमणका कारण विहीबार थप १६ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८ सय ४६ जना सङ्क्रमणमुक्त भएका छन्। कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित














48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया