कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। वैद्यले शुक्रबारबाट हुन गइरहेको अधिवेशन सारेर कहिलेबाट सुरु गर्ने भन्नेबारे भने रिटमा केही खुलाएका छैनन्।
गत साउन ३० गते सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको मंसिर ९ गतेदेखि १३ सम्मका लागि निर्धारण गरेको छ। जसमा भदौ १८ गते कांग्रेसले वडाहरूको अधिवेशन गर्ने भएको छ।
यस्तै, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना कांग्रेसले बनाएको छ। प्रदेश क्षेत्र क, ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ। जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ।
कांग्रेसले प्रदेश कमिटीको अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ। यसअघि आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो।
















नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया