कांग्रेसले बनायो समावेशी निर्वाचन निर्देशिका

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन निर्देशिका समावेशी बनाएको छ । कांग्रेसले स्थानीय तहमा महिला, दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, मस्लिम, थारु, अल्पसंख्यक वा अपांगता भएका पार्टीको क्रियाशील सदस्य रहेको खण्डमा वडा कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिको थप व्यवस्था गरिने बताएको छ ।
कांग्रेसले बिहीबार विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । कांग्रेसले ३० श्रावणमा बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रतिनिधितवको व्यवस्था निर्वाचन निर्देशिका समितिको बैठकको सुझाव अनुसार निर्वाचन समितिले सहमतिमा टुङ्गो लगाएको जनाइएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको भन्दै बुधबार दुबै पदबाट राजीनामा दिएका थिए ।

















१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
विगतमा केही काम भएन भन्ने भाष्य हटाउनुपर्छ : भीष्मराज आङ्देम्बे
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया