कांग्रेस कमजोर हुँदा नेपालको राष्ट्रियता कमजोर हुन्छः खाँण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आजबाट सुरु भएको १४ औं महाधिवेशनले आपसी सदभाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफूले लिएको बताएका छन् ।
आजबाट सुरु पार्टीको वडा अधिवेशनका सन्दर्भमा शुभकामना दिंदै खाणले वडा तहको नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधिनता, संघीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।
‘नेपालको वर्तमान अवस्थालाई समेत हृदयंगम गरी नेपाली कांग्रेसको आवश्यकता, मुलुकको राष्ट्रियता, संघीयता, गणतन्त्रजस्ता अतिआवश्यक विषयलाई मध्यनजर गर्दै अगाडि बढ्नुहुनेछ भन्ने विश्वासका साथ पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबै साथीहरूलाई शुभकामना व्यक्त गर्दछु,’ खाणले भनेका छन् ।
नेपाल सरकारको गृहमन्त्रीसमेत रहेका खाणले नेपाली कांग्रेस कमजोर हुँदा नेपालको राष्ट्रियता कमजोर हुने बताएका छन् । विगतको इतिहासले यस सन्दर्भमा पाठ सिकाएको उनको भनाइ छ ।
महाधिवेशनले पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास आफूले लिएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
कांग्रेसको नेतृत्व र राष्ट्रियता एक अर्काका परिपूरक जस्तै भएकाले त्यसलाई ध्यान दिएर अगाडि बढ्न वडा तहको नेतृत्वमा आउन प्रयासरत सबैलाई आग्रह गरेका छन् ।
आगामी दिनमा सबैसँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया