सेजनको नयाँ नेतृत्वका लागि महाधिवेशन सुरु

काठमाडौँ । आर्थिक पत्रकारहरूको छाता संगठन आर्थिक पत्रकार समाज (सेजन)को नयाँ नेतृत्वका लागि महाधिवेशन सुरु भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा महाधिवेशन सुरु भएको हो ।
२२ औँ वार्षिक साधारणसभा एवं कार्य समिति चयनका लागि हुने अधिवेशनमा आज नेतृत्व चयन हुने भएको छ । १० जना निर्वाचित र एक जना मनोनित गरी ११ जनाको कार्य समितिका लागि २८७ जनाले मतदान गर्ने भएका छन् ।
सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्ने भएका छन् भने भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन् ।
सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुंगानाको उम्मेदवारी परेको छ । कार्य समिति सदस्यहरूमा चेतबहादुर अधिकारी, अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शंकरप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

















थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया