प्रदेश २ मा माधव नेपाल नेतृत्व नेकपा एसको बहुमत

काठमाडौँ । प्रदेशसभा २ मा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश २ को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका छन् ।
जसमा दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएपछि यो संख्या ११ पुगेको हो ।
सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव रहेका छन् ।
सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेको हो ।
नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद (भदौ २२ भित्र) एसमै आएर सनाखत गर्ने गर्ने जिकिर गरे पनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुवै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताए ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया