यार्सागुम्बाको अवैध कारोबार गर्ने ४ जना पक्राउ

काठमाडौँ । अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने ४ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले बिहीबार सामाखुशीबाट ४ जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले सामाखुशीबाट गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका ३ घर भई हाल काठमाडौँको मित्र नगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा घर भई काठमडौंको नयाँ बसपार्क बस्दै आएका ५० वर्षीय बेल बहादुर थापा, लमजुङ जिल्लाको बेशीसहर नगपालिका ११ चिती घर भई हाल काठमाडौंको बाँनियाटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठान जिल्लाका खलंगा नगरपालिका ११ गजुरी घर भई हाल काठमाडौंको तारकेश्वर बस्दै आएका ४७ वर्षीय दान बहादुर जि.सीलाई पक्राउ गरेको हो ।
डुण्डुप गुरुङले बिक्री गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बरामद गरेको यार्सागुम्बाको मूल्य अन्दाजी ८ लाख रुपैयाँ पर्छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि शुक्रबार वन डिभिजन कार्यालय काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया