सोमबार, पुष १४, २०८२

सवारी चालक बाग्मतीमा मृत भेटिए

मेरोन्यूज २०७८ भदौ १८ गते १४:३२

काठमाडौं । काठमाडौँको बाग्मती नदीमा नदीमा एक जनाको शव भेटिएको छ । काठमाडौँका महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बाग्मतीमा युवकको शव भेटिएको हो ।


बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएका हुन् ।


मृतक तामाङको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


तामाङले काठमाडौंमा रहेर ड्राइभिङको काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया