आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर २६ तारिख । पौष शुक्ल पक्षको षष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। चुनौतीपूर्ण कार्य सम्पादन गर्न सकिनेछ। कानुन वा न्यायालयबाट सकारात्मक संकेत देखिएको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम दाम र प्रतिष्ठा कमाउने समय रहेको छ। नयाँ उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : मेहनतिहरुको लागि समय कार्य सिद्धिको रहेको छ। धार्मिक क्रियाकलापमा समय बिताउने अवसर मिल्नेछ। समस्या दर्शाउँदा सहयोग दिनेहरू भेटिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : चुनौतीपूर्ण कार्यको जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा गर्दा अपरिचित व्यक्तिहरूको विश्वास नगर्नुहोला धोखा पाइएला। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : सवारी साधन चलाउँदा नियम कानुनको ध्यान राख्नुहोला। व्यापार व्यवसायमा जोखिमपूर्ण निर्णय लिनुभन्दा अघि जानकारको सलाह लिनुहोस्। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : सामाजिक प्रभाव बढ्नुका साथै व्यापार व्यवसायमा अनुमानितभन्दा बढी नै फाइदा उठाउन सकिनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
तुला : परिवारमा हजुरले गरेको कामको गुनासो हुनेछ। सवारी साधन चलाउँदा र बाटो काट्दा सचेत रहनुहोला। प्रतिक्षित नतिजाको अनुकूल प्रभाव रहनेछ। मन अप्रसन्न रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : प्रतियोगी परीक्षामा सफलता प्राप्त हुनेछ। हजुरको मेहनत वा लगनशीलताले आलोचकहरू आफैं पछि हट्नेछन्। कुनै कुराको सफलताले मनमा जोश र उमंगको वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
धनु : शुभचिन्तकहरूको साथ मिल्नाले अप्ठ्यारो परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउन सकिनेछ। आफूभन्दा सानो भाइबहिनीहरूबाट सहयोग पाइनेछ। पहिला गरेको कामको राम्रो प्रतिफल हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मकर : आफन्त वा साथीभाइ सँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउन संचित रकम खर्च गर्नुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : प्रतिष्ठित कामको जग बसाउन सकिनेछ। व्यवसायमा आफन्तहरूको साथले मनमा नयाँ जोश र आशा जाग्नेछ। लेखन कला वा साहित्यको क्षेत्रमा बिशेष सफलता हात लाग्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
मीन :अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा कामको चाप बढ्नाले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। सामान्य कामको लागि पनि धन वा श्रम बढी खर्च गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया