बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
मेरोन्यूज
२०८२ पुष ११ गते ९:१७

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग स्पिन सन्दीप लामिछानेको टिमले आज पहिलो खेल खेल्दैछ।
लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा वारियर्सले सिलेट टाइटन्सको सामना गर्न लागेको हो। पहिलो खेलमा सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ।
यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका हुन्। लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन्। रोचक त के छ भने आज पहिलो खेलमा सन्दीपले प्रतिस्पर्धा गर्न लागेकै टिम सिलेट टाइटन्समा यसअघि उनी २०१९ मा अनुबन्ध भएका थिए।
सन्दीपको टिमलाई बंगलादेशका कप्तान नजमुल हुसेनले नेतृत्व गर्दैछन्। यो टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशमसमेत छन्।
सम्बन्धित















सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया