पार्टी फुटेपछि फेरि शुरु भयो एमालेमा कचिङ्गल
ललितपुरमा ओली पक्षधर कानून ब्यवसायीहरुको गुटगत भेला शुरु

काठमाडौं । नेकपा (एमाले)मा भएको पार्टी विभाजनपछि फेरि पनि किचलो शुरु भएको छ । पेशागत तथा प्रगतिशील कानून ब्यवसायी संगठन (पीपीएलए) मा शुरु भएको कचिङगलले पार्टीलाई नै पुनः तरंगित बनाएको छ ।
एमाले अध्यक्ष ओली पक्षका कानून ब्यवसायीहरुले संगठनको अर्को पक्षसँग सल्लाह नै नगरी भेला आयोजना गरेपछि पुनः विवाद शुरु भएको छ ।
पार्टी एकता कायम राख्न भन्दै माधव नेपालको साथ छाडेर ओली पक्षमा लागेका दोस्रो पुस्ताका नेताहरु पुनः रुष्ट बनेका छन् ।
पार्टी अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा संगठनले शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भेला आयोजना गरेको छ ।
पीपीएलएका अध्यक्ष रुद्र नेपाललाई थाहै नदिइ संगठनका महासचिव ईश्वरी भट्टराई पक्षले बोलाएको भेलामा पार्टी अध्यक्ष ओलीले नै सहभागिता जनाउन लागेपछि संगठनका इन्चार्जसमेत रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले सुझाव दिएका थिए । तर भट्टराई समूहले एकलौटी ढंगले पुनर्जागरण भेला बोलाएपछि पार्टीमा फेरि पनि विवाद चुलिएको हो ।
यद्यपी पार्टीमा विवाद हुन नदिन भन्दै पार्टी अध्यक्ष ओली भने सो भेलामा गएका छैनन् । संगठनका अध्यक्ष रुद्र नेपाल पक्षले भने आफूहरुलाई थाहै नदिइ बोलाएको भेलामा नजान ओली इतरकालाई भनेका छन् ।
असार २७ गते १० बुँदे सहमति गरी यसअघि माधव नेपाल पक्षमा रहेका ओलीका कटु आलोचक भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नौ जना केन्द्रीय नेताहरु ओली पक्षमा लागेका छन् ।
पार्टीभित्रको द्वन्द्व समाधान गर्न भन्दै माधव नेपालले छुट्टै पार्टी बनाउँदासमेत एमालेमै रहेकाहरुलाई पार्टी निकट कानून ब्यवसायीहरुको भेलाले तरंगित बनाएको छ ।















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया