काठमाडौँमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन (फोटोफिचर)

काठमाडौँ । दार्चुलामा भएको घटनाको विरोधमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी (एस)का निकट संगठन अनेरास्ववियुले मोदीको पुत्ला दहन गरेको हो ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि भेला भएका उनीहरूले मोदीको पुत्ला दहनसँगै भारतविरुद्ध नारा लगाएका थिए । दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएका थिए ।
सोही घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन भएको हो ।
तुइन प्रकरणमा मारिएका जयसिंह धामीलाई न्यायको माग गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हुन् ।
विद्यार्थीहरुले मोदीको पुत्ला बनाएर आगो लगाउन थालेपछि प्रहरीले बल प्रयोग गरी पुत्ला खोस्ने प्रयास गरेको थियो ।
जयसिंह धामी प्रकरण भारतीय ज्यादती भएको भन्दै उनीहरुले भारतविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।
विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए भने टाउकोमा कालो कफलसमेत बाँधेका थिए ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।










मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया