जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिने भएका छन् । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन् ।
प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उनी जिम्मेबारीबाट बाहिरिन लागेका हुन् । उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।
उनको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्नुपर्नेछ । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छाड्ने जनाइएको छ ।
पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताएका थिए ।
प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिए । उनले अघिल्लो बर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेबारी पाएका थिए । लामो समय जापानको नेतृत्व गरेका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनेका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक बर्षमात्रै जापानको नेतृत्व गरेका छन् ।















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया