अब दोहोरी साँझ र नाइट क्लव पनि सञ्चालन

काठमाडौं । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौंमा अब दोहारी साँझ र नाइट क्लवहरु प्नि सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरी साँझ, नाइट क्लब लगायतका रात्रीकालिन ब्यवसायका साथै लामो समयदेखि बन्द गरिएको सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र डीसीसीएमसीको बैठकले राती १२ बजेसम्म दोहोरी साँझ चल्न दिने निर्णय गरेको हो ।
सरोकारवालाहरुसँगको छलफलमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रात्रीकालिन ब्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरेका हुन् ।
ऋब दोहोरी साँझ राती १२ बजेसम्म र क्लबहरु राती २ बजेसम्म चल्न पाउने प्रजिअ पराजुलीले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने अनुगमन समितिले दोहोरी साँझ र रात्री क्लबको नियमित अनुगमन गर्ने जनाइएको छ ।
त्यस्तै, ५० प्रतिशत दर्शक कम गरेर सिनेमा हल पनि सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । हलमा कर्मचारीदेखि दर्शकलाई समेत स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न छुट दिइएको छ ।
सञ्चालन गर्न दिइएका सबै क्षेत्रले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रजिअ पराजुलीले बताए ।
गत वैशाख १६ गतेदेखि सिनेमा हलहरु बन्द भएका थिए ।
काठमाडौं उपत्यकाभित्र भिडभाड, सभा जुलुस, जात्रा महोत्सव गर्न भने नपाइने प्रशासनले जनाएको छ । प्रशासनको आदेश विपरित काठमाडौंमा राजनीतिक तहका सभा जुलुसहरु भने भइरहेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया