सप्तरीमा आफ्नै कार्यकर्ता जोगाउन लोसपालाई हम्महम्मे

राजविराज । जनता समाजवादी पार्टी९जसपा०बाट अलग भई हालै गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई सप्तरी जिल्लामा आफ्नै कार्यकर्ता जोगाउन हम्महम्मे परेको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०बाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिहरुले समेत साथ छोडेपछि लोसपालाई समस्या भएको हो । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखहरुमध्ये तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंह बाहेक अन्य पालिका प्रमुखहरु जनता समाजवादी पार्टीमै बस्ने निष्कर्षमा पुगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयमा हालसम्म एकमात्र पालिका प्रमुख सनाखत गरेका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बस्ने जनाईएको छ । पालिका प्रमुखहरु एक साता अघि जनकपुरधाममा आयोजित जसपाको सुज अभियानको कार्यक्रममा समेत सहभागी भएका थिए ।
जसपाका प्रदेश सचिव एवम् प्रचार विभाग प्रमुख दिनेश कुमार यादवका अनुसार चार पालिकाका प्रमुखहरु पार्टीले आयोजना गरेका बैठकहरुमा सहभागी भई पार्टीलाई थप सबल बनाउने कार्यमा जुटेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव जसपामै तथा तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झाले लोसपामा सनाखत गरेका छन् । लोसपाका नेताहरु भएभरको बुता लगाएर जनप्रतिनिधि रिझाउन प्रयासरत रहे पनि उनीहरुको तटस्थतताका कारण परिणाम भने शुन्य जस्तै देखिएको छ ।
जसपाबाट बोदेवर्साइन नगरपालिका, खडक नगरपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका र बलान बिहुल गाउँपालिका सहित पाँच पालिकाको प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका थिए । पार्टी एकीकरण भएपछि नयाँ शक्ति पार्टीबाट सूर्यनारायण मण्डल समेत गरी जसपाको ६ पालिकामा प्रमुख रहेका छन् । राजपाका चार पालिका प्रमुख जसपामै रहने भएपछि अब जसपाको पक्कडमा १० ओटा पालिका भएको छ । लोसपाले अब एक मात्र तिलाठी कोइलाडी गाउँपालिकामै चित्त बुझाउनुपर्ने अवस्था रहेको श्रोतले जनाएको छ । कुल १८ पालिका मध्ये अब १० ओटा पालिकामा जसपाको नेतृत्व स्थापित भएको छ ।
लोसपाको पक्षमा सनाखत गर्नेहरु गईसकेको तथा संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर जनप्रतिनिधिहरु स्वतः जसपामै रहेर सङ्गठनको हितमा काम गरिरहेको पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले बताए । अहिले विभिन्न सञ्चारमाध्यममा जसपा छाडेर लोसपामा भनी भ्रामक प्रचार भईरहेको बताउँदै उनले भने ‘लोसपाले त तत्कालिन राजपाबाट जितेका जनप्रतिनिधिहरुलाई जोगाउन सकिएको छैन, तत्कालिन संघीय समाजवादी फोरमबाट चुनाव जितेका जनप्रतिनिधिहरु कति जना लोसपामा सनाखत गरे त रु यो कुरा सबैले बुझ्नु जरुरी छ ।’ निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई दल रोज्न भदौ २२ गतेसम्म समयसिमा दिईएको छ ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया