मानिसलाई अध्ययन गरेर सिनेमा क्षेत्रमा आउँदा राम्रो : निर्देशक पण्डित

संसारको जुनसुकै ठाउँका मानिसको सोच्ने प्रक्रिया र मनोविज्ञान निर्माण कसरी हुन्छ ? उनीहरूको सोच र व्यवहारमा तिनले कसरी काम गर्छन्, त्यो महत्वपूर्ण छ । सशस्त्र युद्धको चेपुवामा परेका पात्रहरुको समस्या चित्रण गरिएको ‘बधशाला’, मदन भण्डारीको रहस्यमयी हत्या प्रकरणमा बनेको ‘दासढुंगा’, बाल यौन शोषणको विषय देखाइएको ‘छाया’ र ‘द ग्रेटर नेपाल’ चलचित्र निर्देशनद्वारा चिनिएका सिनेकर्मी हुन् – मनोज पण्डित । उनको कलाकारिता र जीवन उनकै शब्दमा :-
अहिले एक चलचिलत्रमा व्यस्त छु । यसलाई अनलाइनमार्फत रिलिज गर्ने प्रकृया भइरहेको छ । यो चलचित्र ‘एक’ तराईमा देखिएका समस्यालाई कथामा उतारेर सिनेमाद्वारा बजारमा ल्याउन लागेको हुँ । तराईमा पहाडी र मधेसी एक हो भन्ने एउटा समूह छ । यस्तै, होइन अलग –अलग समूह हो भन्ने पनि छन् । यसैलाई आधार बनाएर सिनेमामा उतार्ने जमर्काे चलचित्रमा गरिएको छ ।
माओवादी द्वन्द्व कालमा देखिएको कथ्यले ‘बधशाला’ जस्तो सिनेमा निर्माण हुन पुग्यो । यस्तै, तराईमा देखिएको अर्को कथ्यले ‘एक’ नामक सिनेमा बनेको छ ।
सिनेमाको शक्ति
सिनेमा एक माध्यम हो । सिनेमाको माध्यमद्वारा समाजमा भएका अनेक कथा समावेश गरी प्रस्तुत गरिन्छ । सिनेमामा भूगोल, चेतनालगायतका विषयलाई दृश्यमार्फत देखाइन्छ ।

तर, सिनेमामा दृश्य मात्र हुँदैन । कथा पनि हुन्छ । जुन एक आपसमा गठबन्धन हुन्छ । सिनेकर्मीले दृश्यसँगै कथाको परिकल्पना गरेका हुन्छन् । सबै दर्शकले कथा र दृश्य एक आपसमा नबुझ्न सक्छन् । तर, हामीले यस विषयमा राम्रोसँग हेरेका हुन्छाैँ । यसमा अरु आयाम के होला ? भनेर परिणामतिर जान्छाैँ । सिनेमामा यर्थाथकता नहुन सक्छ । यसैबीच दर्शकलाई काल्पनिकता हुँदा त्यही सिनेमा सिनेकर्मीलाई यथार्थता हुन्छ ।
त्यसैले दर्शक र सिनेकर्मीबीच एक सिनेमालाई हर्ने र बुझ्ने विषय फरक हुन सक्छ । सिनेमा अरूले हेर्दा कथा मात्र हुन सक्छ, तर हामी एक आपसमा मिल्ने अवस्थासमेत नियालेका हुन्छाैँ । समग्रमा भन्नु पर्दा मानव जीवनको दुःखका कुरा भजाएर व्यापार गर्ने माध्यम हाे, सिनेमा ।
समाज एउटा सामूहिकताको प्रतिनिधित्व हो । समाजलाई ठूलो अस्तित्वका माध्यमको रुपमा लिन सकिन्छ । एउटा वर्णीय, जातीय, क्षेत्रीय, भाषाको रुपमा सिनमाको माध्यम लिन सकिन्छ । एउटा समाजले अर्को समाजमा समस्या ल्याउन सक्छन् । जसलाई सिनेमाले ल्याउँछ ।
राजनीतिक समाज
सिनेकर्मीहरू समस्यालाई केन्द्रमा राख्ने तर अर्को समस्याबाट बाहिर बस्न चाहने हुन्छन् । राजनीतिसँग जोडिएका विभिन्न किसिमका सिनेकर्मी बजारमा जान्छन् ।
सिनेमालाई राज्यले पनि प्रयोग गर्न थाल्यो, व्यापारीले सिनेमा प्रयोग गर्न चाहेको छ । बजार, शासक, विचारकले सिनेमा चलाउने भएकाले फरक दृष्टिकोण हुन्छ । व्यक्तिअनुसार हेर्ने भएकाले कसैले राजनीतिले समाज बिगार्यो भनेर आरोप लगाउँछन् । कसैले राजनीतिले समाजमा परिवर्तन ल्यायो भन्छन् । सबै कथ्यहरूलाई स्वार्थमा हेरिन्छ । तर समयानुकुलको कथ्यहरूमा काम गर्दा सिनेमा उत्कृष्ट देखिन्छ फरकतामा । कथ्यहरूलाई केन्द्रीत गर्दा सिनेमा राम्रो हुन्छ । कथ्यलाई समयानुकुलको औषधिको रुपमा हेरिन्छ ।

अहिले देखिएको समाजमा राजनीतिक अवस्थालाई कथ्यमा राखेर चलचचित्र बन्न सक्छ । तर अहिलेको राजनीतिक पार्टीको निरन्तरता नभएर फरकता हुने बित्तिकै कथ्यद्वारा सिनेमा हुन्छ ।
जीवन चक्र
जीवन चक्र जीवनलाई लिएर प्रस्तुत गरिएको टेलिसिरियल हो । नेपाल टेलिभिजनबाट प्रस्तुत भइरहेको जीवन चत्रले जीवनमा देखिएका सबै कुरालाई, दमन, समस्याग्रस्त व्यक्ति संघर्ष गरेर अघि बढ्दा मुक्ति पाएको हुन्छ । विभिन्न क्षेत्रका समस्या समाधान मानिसबाट हुन्छ । यो समाजभित्रको जीवन चक्रलाई जीवन चक्र नामबाट टेलिसिरियल बनेर टेलिभिजनबाट प्रसारण भइरहेको छ । फिल्ममा खलल खोजी हिँड्दा जीवनमै खलल आइसक्यो जसमा जीवनचक्र छ ।
सिर्जना के हो ?
सर्जकको रुपमा आउने व्यक्तिले सिर्जना के हो भनेर अध्ययन गर्न आवश्यक छ । अब यो क्षेत्रमा आउनेहरुले पनि सिर्जना बुझ्न आवश्यकता छ । सिर्जनालाई बजारीकरण गर्ने व्यक्तिले व्यापार मात्र नभएर सिर्जनालाई बुझ्न आवश्यकता छ । जसले व्यवस्थापन गर्न सके सिर्जना मारमा पर्दैन ।
एउटा मानिसको कथा मानिसकै लागि बनाउने गर्छ । त्यसैले मानिसलाई अध्ययन गरेर यो क्षेत्रमा आएमात्र राम्रो हुन्छ । समस्या र पीडा यर्थाथ हो । हामी साधक हौँ भनेर भगवान् बुद्धले भनेझै समाधक हुन पाइला टेक्न बुझेर आएमात्र सिनेमाको विकास हुन्छ ।
(मेरो न्युजकर्मी किरण अधिकारीसँग कुराकानीमा आधारित सामग्री)
प्रतिक्रिया