गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा । गोरखामा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
खेत जोतिरहेको बेलामा प्रदेश २–०३–००१ त २८२७ नम्बरको ट्र्याक्टर अचानक गियर फेल भई पछाडि हट्न पुग्दा बानियाँलाई ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट उहाँको घटनास्थलमा नै मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।
ट्र्याक्टरको पछाडि काठको मुढामा बसेर बानियाँले खेत सम्याइरहेका बेला अचानक ट्र्याक्टरको गियर फेल भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी रातामाटेबाट घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।
दुर्घटनापछि ट्र्याक्टर चालक ५४ वर्षका धनबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।










नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया