आठ महिनामा ६६ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२१ को अवधिमा ६६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् ।
अगष्ट महिनामा हवाई मार्ग भएर ५ हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट ५ हजार ८३ विदेशी बाहिरिएका छन् ।
अघिल्लो वर्ष सन् २०२० को सोही अवधिमा जम्मा २६५ मात्र पर्यटक आएका थिए । कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्यांक छ । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको संख्या निराशाजनक देखिन्छ ।
बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीका बीच झिनो संख्यामा विदेशी पर्यटक नेपाल आइरहेका बताए । उनका अनुसार यो वर्षको जनवरी महिनामा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया