देशभर १ हजार २६८ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार २६८ जनामा संक्रमण देखिएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी भई पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडाैं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ३८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ ।
काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार शनिबार काठमाडौं जिल्लामा २८९ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया