फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो ।
अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
यस्तै, गत बिहीबार चेक अनादर कसुरमा नौ जना र मङ्गलबार चेक अनादर र चोरी मुद्दामा गरी छ जना फरार प्रतिवादी पक्राउ परेका थिए । शुक्रबार पक्राउ परेकामध्ये चेक अनादर कुसरमा सात, बैंकिङ कसुरमा एक जना र केही सार्वजनिक कसुरमा एक जना रहेको बस्नेतले बताए । पक्राउ परेकाबाट सात दिन कैद सजाय र रु १४ लाख २९ हजार २०० जरिवाना असूल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए ।
गत मङ्लबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र रु १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ । चेक अनादर कुसरमा गत बिहीबार पक्राउ परेका नौ जनाबाट सात दिन कैद सजाय र रु ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया