मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि नगर्न गृहको अनुरोध

काठमाडौं । गृहमन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको हो ।
मन्त्रालयले मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्यामरसामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेदद्वारा आज जारी विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको हो ।
त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि समेत दिएको छ ।

















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया